You are viewing the translated version of खाधको न्यूनतम गुणस्तर.

Section 11
खाधको न्यूनतम गुणस्तर
(१) ऐन तथा यस नियमावली बमोजिम खाद्य सहायता: उपलब्ध गराउँदा अनुसूची-४ मा उल्लेख भए बमोजिमको पोषकतत्त्वको मापदण्डलाई आधार बनाई वितरण गर्नु पर्नेछ।
(२) उपनियम- (१) बमोजिमको पोषकतत्त्वको मात्राको विषयमा स्थानीय रुपमा उत्पादन हुने खाद्य पदार्थलाई समेत समावेश गरी मन्त्रालयले समय समयमा जानकारीमूलक सामग्री तयार गरी प्रचारप्रसार गर्न वा गराउन सक्नेछ।
(३) ऐन तथा यस नियमावली बमोजिम निःशुल्क तथा सहुलियत मूल्यमा वितरण गरिने खाद्य पदार्थको न्यूनतम गुणस्तर खाघ स्वच्छता तथा गुणस्तर सम्बन्धी प्रचलित कानूनमा व्यवस्था भए बमोजिम हुनेछ।